२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद नवीना लामाको प्रश्न: पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा किन चाहियो ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले समयमै पाठ्यपुस्तक पठाउन नसकेको जनक शिक्षालाई खारेज गर्दै पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने माग गर्नुभयो ।

जनक शिक्षा सामग्रीलाई बचाउने नाममा विद्यार्थीहरुले समयमा कहिल्यै पुस्तक नपाएको भन्दै अहिले पनि कक्षा ६ र ८ को पुस्तक अभाव रहेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “यदि छाप्न र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “सरकारले किन पैसा दिइरहने ? खारेज गरौँ ।”

कागज ल्याउने ठेक्का लिनेले किन कागज ल्याउन नसकेको भन्दै उहाँले बेलैमा कागज किन्न नसक्ने र छाप्न नसक्ने जनक शिक्षा सामग्रीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । सांसद लामाले वैकल्पिक उपाय खोजेर भए पनि अब पुस्तक छाप्ने काम निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो ।