५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोड बराबरको अवैध सामान बरामद



अ+ अ-

वीरगञ्ज । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ ।

प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ र लु२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।