१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय जुडो महासङ्घद्वारा  मानार्थ अध्यक्ष पदबाट पुटिन निलम्बित



अ+ अ-

पेरिस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले युक्रेनमा आक्रमण गरेका कारण अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आईजेएफ) को मानार्थ अध्यक्ष पदबाट निलम्बन गरिएको खेलकुदको प्रशासकीय निकायले आइतबार घोषणा गरेको छ ।

द्वन्द्व चौथो दिनमा प्रवेश गरेको छ र मस्कोले आफ्ना सेनाहरूलाई युक्रेनमा ‘सबै दिशाबाट’ अगाडि बढ्न आदेश दिएको छ । पश्चिमी मुलुकहरुले शनिबार थप प्रतिबन्ध लगाएको छ जसले रूसको बैंकिङ क्षेत्रलाई अपाङ्ग बनाउन खोजेको छ।

युक्रेनी अधिकारीहरूले बिहीबार बिहान रुसले आक्रमण गरेपछि तीन बालबालिकासहित १९८ सर्वसाधारण मारिएको बताएका छन्।

“युक्रेनमा जारी युद्धको प्रकाशमा… अन्तर्राष्ट्रिय जुडो महासङ्घले भ्लादिमिर पुटिनको मानार्थ अध्यक्ष र अन्तर्राष्ट्रिय जुडो महासङ्घको राजदूतको हैसियत निलम्बन गरेको घोषणा गर्दछ”, आईजेएफले विज्ञप्तिमा भनेको छ ।

एक कुशल जुडो खेलाडीका रुपमा पुटिनलाई सन् २०१४ मा आठौँ डनले सम्मानित गरिएको थियो । यो सम्मान खेलको उच्चस्तर मध्ये एक हो । उनी सन् २००८ देखि मानार्थ अध्यक्ष छन्।