२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ । आज सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतका श्रष्टाहरुकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली गीत, सङ्गीतका श्रष्टा सर्जकले सङ्गीत सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरुका गीत सङ्गीतले राष्ट्र बलियो भएको छ ।” मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली श्रष्टा सर्जकको हकअधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराउनुभयो ।

यसैगरी मन्त्री आलेले आफ्ना गीत, सङ्गीत तथा सिर्जनाका माध्यमबाट राष्ट्रसेवा र राष्ट्रियताको जगेर्नाका निम्ति योगदान गर्ने सम्पूर्ण गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई विशेष सम्मानसमेत व्यक्त गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी अधिकारको संरक्षण र प्रचलनका लागि सघाउ पु¥याउने उद्देश्यले नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गरेको जानकारी गराउँदै मन्त्री आलेले अब श्रष्टाहरुले आफ्ना गीत, कला, सिर्जना तथा सङ्गीतका माध्यमबाट रोयल्टी पाउन सहज भएको जानकारी गराउनुभयो ।

गीतकार, सङ्गीतकार, श्रष्टा सर्जकलाई आफूले सधैँ सम्मान गर्दै आएको र उहाँलाई आवश्यक पर्ने सहयोगका लागि आफू सधैँ तयार रहनेसमेत मन्त्री आलेको भनाई थियो । उहाँले भन्नुभयो, “गीत, सङ्गीत तथा कला भनेका देश चिनाउने गहना हुन्, म त्यसको सम्मान गर्छु, आवश्यक पर्ने सहयोगका लागि म सधैँ अग्रसर रहने छु ।” उक्त कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना गर्न सहज पु¥याएको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीलाई स्मरण गर्दै उहाँकी धर्मपत्नी एवं सांसद विद्या भट्टराईलाई सम्मानसमेत गरिएको थियो । रासस