८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको छैनः लक्ष्मणलाल कर्ण



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउ नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ ।’

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो– बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकिरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उहाँले अहिले संकटमा परेकाले सहयोग खोजेको बताउनुभयो । अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकिकरण गरेर जोगाएको होइन ? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरी पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने । अनि अहिले आएर फेरी बाटो बाटोमा कुरा सुनिराखेको छु एकिकरणको । के को लागि एकिकरण ? किन एकिकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

सांसद कर्णले औपचारिक रुपमा एकिकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि ? र किन एकिकरण गर्नुपर्ने हो ? भन्ने प्रश्न गर्नुभयो ।