२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार किसानलाई मलको व्यवस्था गर्न चाहेन – योगेशकुमार भट्टराइ



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाउनु भएको छ ।

बालिनाली लगाउने बेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको सचिव भट्टराईको गम्भिर आरोप छ । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले ‘माल’ नआई सरकारले मल नल्याउने जिकीर समेत गर्नु भयो । मलको खोजीमा कृषिमन्त्री भारत गएको उल्लेख गर्दै सचिव भट्टराईले मल आउँछ कि आउँदैन भनेर प्रश्न समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘आज बालीनाली लगाउने बेला छ । मलको हाहाकार छ । मल छैन । हामीले सुनि राखेकाछौं–मल खोज्न कृषिमन्त्री भारततिर जानु भएको छ । कहाँ पुग्नु भयो ? उहाँको हालखवर के छ ? मल आउँछ कि आउँदैन ? लिएर आउनु हुन्छ कि हुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि ? भन्ने आशंका पनि छ यहाँ, सभामुख महोदय । अर्को कुरा, मल आउँछ । तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजी रहेको छ । जवसम्म माल आउँदैन, तबसम्म मल आउनेवाला छैन । त्यसकारण हामीले मल खोजको हो सभामुख महोदय । मालको पछाडि लाग्न खोजको होइन हामीले । म, त्यो कुरा स्पष्ट गर्न चाहन्छु ।’

सचिव भट्टराईले मलको हाहाकार हुँदा पनि सरकार गम्भिर नभएको पटकपटक दोहो¥याउनु भयो ।