८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार मसान्तसम्ममा मल उपलब्ध हुन्छ– कृषि मन्त्रालय



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा देखिएको अभाव आगामी असार मसान्तदेखि समाधान हुने बताएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनले खरिद गर्नेमध्ये २० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको र २२ हजार मेट्रिक टन युरिया यही जेठ अन्तिम सातादेखि प्राप्त हुन सुरु हुने जनाएको छ ।

त्यसैगरी कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असार दोस्रो सातादेखि प्राप्त हुनेछ भने २० हजार मेट्रिक टन डीएपी असारको तेस्रो सातादेखि प्राप्त हुनेछ । मन्त्रालयका अनुसार २० हजार मेट्रिक टन डीएपी असारको अन्तिम सातामा प्राप्त हुन थाल्नेछ ।

असार मसान्तसम्ममा भारतसँगको जीटुजी माध्यमबाट भारतबाट मल खरिदअन्तर्गत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी प्राप्त हुनेछ ।

मन्त्रालयले रासायनिक मल तथा इन्धनको प्रमुख उत्पादन क्षेत्रका रुपमा रहेको रुस–युक्रेन बीचको बढ्दो तनाव र पछिल्लो समयमा शुरु भएको युद्धले तथा कोभिड–१९ का कारणले बिथोलिएको रासायनिक मलको बजारमा थप बाधा थपेको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा कृषि सामग्री कम्पनी लिमिटेडका तर्फबाट एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनका तर्फबाट एक लाख १७ हजार मेट्रिक टन गरी कूल दुई लाख २२ हजार मेट्रिक टन रासायनिक मल विभिन्न आपूर्तिकर्ताहरुले सम्झौताको समयावधिमा उपलब्ध नगराउँदा आपूर्तिमा अभाव सिर्जना भएको उल्लेख छ ।

मन्त्रालयले समयावधिभित्र मल उलब्ध नगराउने त्यस्ता आपूर्तिकर्ताहरुको ठेक्का रद्द गरी कार्यवाही प्रक्रियामा समेत अगाडि बढाइएको बताएको छ ।