२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज



अ+ अ-

टीकापुर । कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ । खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ । विभिन्न भ्रम र अफवाहका कारण कैलालीमा अहिलेसम्म २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएको तथ्याङ्क छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई ज्वरो आउने, सुई लगाएको ठाउँमा धेरै दुख्ने, आलस्यता लाग्नेजस्ता समस्या आउँछ भनेको सुनेर बुस्टर डोज लगाउन हिच्किचाइरहेको टीकापुरकी निर्मला चौधरीले बताउनुभयो । “डोज लगाएकाहरूसँग कुरा गर्दा समस्या हुन्छ भन्न थाले, त्यसैले मैले त अहिलेसम्म लगाएको छैन, खोप लगाउने समय गुज्रिसकेको छ”, उहाँले भन्नुभयो, “गाह्रो हुन्छ भनेर बुस्टर डोज लगाइनँ ।”

कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिले बुस्टर डोज लगाउने गर्छन् । सरकारले १२ वर्षमाथिका सबै नागरिकलाई खोप अनिवार्य लगाउन आग्रह गरेको छ । खोपबारे भ्रम र अफवाह फैलिँदा नलगाएको टीकापुरकी रिमा चौधरीले बताउनुभयो । “पहिलो र दोस्रो मात्रा लगाएँ, बुस्टर डोज लगाएकी छैन”, उहाँ भन्नुहुन्छ ।

कैलालीमा अहिलेसम्म ८१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् भने २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । कैलाली भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ कोरोनाको जोखिम छ । बुस्टर डोज लगाउन अति आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लालसिंह धामी बताउनुहुन्छ । “सामान्य ज्वरो आउँदा केही हुँदैन, कसैलाई आएको भन्ने गुनासो छ । एक–दुई दिनमा निको हुन्छ”, उहाँले भन्नुभयो, “खोप अनिवार्य लगाउनु पर्छ ।”

कैलालीमा अहिलेसम्म एक लाख ७८ हजार ७०८ जनाको कोरोना परीक्षण गरिएको छ । यसमध्ये २४ हजार ५९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कैलालीमा ३५६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ ।