५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणबाट महिलाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

चितवन । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।