१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै सवारी साधनमा इम्बोस्ड अनिवार्य गरेका छैनौंः यातायात व्यवस्था विभाग



अ+ अ-

काटमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ ।

मंगलवार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताउनु भयो । उहाँले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरिएअनुसार जडान भए नभएको अनुगमन गर्ने सूचना आएको दाबी गर्नुभयो । महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गते भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गर्नुभयो ।

उहाँले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालिन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताउनु भयो । इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताउनु भयो । त्यस्तै उहाँले इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गर्नुभयो । महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘२०७९ जेठ २० गतेको सूचना यातायात विभागबाट वा नेपाल सरकारले २०७८ कात्तिक २२ गते राजपत्रमा प्रकाशन गरेको सूचनाको फलोअप सूचना मात्रै थियो । २०७८ कात्तिक २२ गते राजपत्रमा सूचना निकाल्दा तत्कालीन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेश वागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएको थियो । २०७८ फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ सवारीसाधनहरु जुन पुराना सवारीसाधन किनबेच भएर नामसारी भएर आएको हुन्छ । ती सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको थियो भने २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको थियो ।

अहिले आएको पछिल्लो सूचना २०७९ जेठ २० गतेको सूचना हो, त्यही सूचना अनुसारको अनुगमन गर्ने भन्ने विषयमा आएको हो । अर्थात् आगामी साउन १ गतेबाट विभागले अनुगमन गर्दा २०७८ साल कात्तिक २२ गतेको सूचना बमोजिम २०७८ मंसिर १ गतेपछि दर्ता भएका, फागुनबाट नामसारी भएका र जेठ १ गतेबाट नविकरण भएका सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ की छैन भनेर अनुगमन गर्ने भनिएको हो । यसको अर्थ २०७९ साउन १ गते बाट २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भनिएको होइन ।

यो कुरा स्पष्ट गर्न चाहान्छु । त्यसैले इम्बोस्ड नम्बर प्लेटको नियमित कार्यतालिका हो । त्यो नियमित कार्यतालिकामा जसजसको लागि अनिवार्य गरिएको थियो । उहाँहरुले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुभएको छ की छैन भनेर विभागले अनुगमन गर्ने भनिएको हो । साउन १ गतेभित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भनिएको होइन । यसको पूर्वाधार तयारीको कुरा उठेको छ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नको लागि सम्पूर्ण पूर्वाधारहरु तयार गरिसकेको छ । मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन हो । जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति उपलब्ध गराउने विषय हो । यो विषय गण्डकी प्रदेश र वागमती प्रदेशको हकमा तयारी पूरा भइसकेको हुनाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरेर सूचना आएको हो ।

त्यसैले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको छ भने गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको छ । अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यक अनुसार पूर्वाधार तयार गरिँदै लगिएको छ । गण्डकी र वागमतीका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना सही होइन ।’

महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र वागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताउनु भयो । उहाँले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको बताउनु भयो ।

गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाई छ । उहाँका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताउनु भयो । महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गर्नुभयो ।

yatayat-embossed-plate22