२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्चरेडाँडामा फोहोर फाल्न रोकपछि स्थानीयवासीमाथि बल प्रयोग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्थानीयवासीले काठमाडौँको फोहोर फाल्न अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोग गर्दा संघर्ष समितिका श्रीराम ढुंगानासहित चौध जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले धर्ना दिएका अन्य व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरेडाँडामा अहिलेसम्म फोहोर नलगे पनि प्रहरीले अहिले विरोध गर्नेहरुलाई नियन्त्रणमा लिने काम गरेको छ ।

सिसडोल र बन्चरेडाँडाको बीचमा रहेको आलेटारमा फोहोर फाल्न नदिने भन्दै स्थानीयवासी धर्ना दिएर बसिरहेका थिए । प्रहरीले त्यहाँबाट मानिसलाई कतै हिँड्न दिएको छैन भने सो ठाउँ वरिपरिका घरमै पुगेर मानिसलाई नियन्त्रणमा लिएको बताइएको छ ।

स्थानीयवासीले फोहोर ल्याउन नदिनका लागि सडक बन्द गर्दै आएका थिए । अहिले त्यहाँ डोजर लगाएर सडक अवरोध हटाउने काम भइरहेको छ ।