११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्चरेडाँडामा फोहोर फाल्न रोकपछि स्थानीयवासीमाथि बल प्रयोग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्थानीयवासीले काठमाडौँको फोहोर फाल्न अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोग गर्दा संघर्ष समितिका श्रीराम ढुंगानासहित चौध जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले धर्ना दिएका अन्य व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरेडाँडामा अहिलेसम्म फोहोर नलगे पनि प्रहरीले अहिले विरोध गर्नेहरुलाई नियन्त्रणमा लिने काम गरेको छ ।

सिसडोल र बन्चरेडाँडाको बीचमा रहेको आलेटारमा फोहोर फाल्न नदिने भन्दै स्थानीयवासी धर्ना दिएर बसिरहेका थिए । प्रहरीले त्यहाँबाट मानिसलाई कतै हिँड्न दिएको छैन भने सो ठाउँ वरिपरिका घरमै पुगेर मानिसलाई नियन्त्रणमा लिएको बताइएको छ ।

स्थानीयवासीले फोहोर ल्याउन नदिनका लागि सडक बन्द गर्दै आएका थिए । अहिले त्यहाँ डोजर लगाएर सडक अवरोध हटाउने काम भइरहेको छ ।