२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज अमेरिकाविरुद्ध मैदानमा उत्रँदै नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा आन नेपालले र अमेरिकाबिच खेल हुँदैछ । खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसोको ४ः१५ बजे सुरु हुनेछ ।

गत सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलमा रहेको छ ।

आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । उता अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा रहनेछ । ओमानसँग भने नेपाल पाँच विकेटले पराजित भएको थियो ।