२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गर्ने टिपर र जेसीवि नियन्त्रणमा



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं–५ घडेरी स्थित झकाश घाटबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्दै गरेको अवस्थामा ४ वटा टिपर र १ वटा जेसीविलाई नियन्त्रणमा लिईएको छ ।

सोमबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय भिमादले नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सुवेदी कन्स्ट्रक्सनका लु १ क ३८३८ , लु १ क ४०६६ , लु १ क ३८३९ , लु १ क ३८३७ नम्बर रहेको ४ वटा टिपर र जेसिविलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख युवराज सलामिले जानकारी दिए ।

नियन्त्रणमा लिईएको टिपर र जेसेविलाई भिमाद नगरपालिकामा बुझाइने र नियम अनुसार जरिवाना हुने उनले बताए ।

भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर थापाले बारम्बार उत्खनन रोकथामको प्रयास गरेतापनि लुकिछिपि उत्खनन् गर्दै आएको बताए ।

मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन रोक्नको लागि भिमाद नगरपालिकालाई बारम्बार ताकेता गर्दा समेत सुनुवाई नभएको उनको भनाई छ ।