१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गर्ने टिपर र जेसीवि नियन्त्रणमा



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं–५ घडेरी स्थित झकाश घाटबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्दै गरेको अवस्थामा ४ वटा टिपर र १ वटा जेसीविलाई नियन्त्रणमा लिईएको छ ।

सोमबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय भिमादले नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सुवेदी कन्स्ट्रक्सनका लु १ क ३८३८ , लु १ क ४०६६ , लु १ क ३८३९ , लु १ क ३८३७ नम्बर रहेको ४ वटा टिपर र जेसिविलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख युवराज सलामिले जानकारी दिए ।

नियन्त्रणमा लिईएको टिपर र जेसेविलाई भिमाद नगरपालिकामा बुझाइने र नियम अनुसार जरिवाना हुने उनले बताए ।

भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर थापाले बारम्बार उत्खनन रोकथामको प्रयास गरेतापनि लुकिछिपि उत्खनन् गर्दै आएको बताए ।

मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन रोक्नको लागि भिमाद नगरपालिकालाई बारम्बार ताकेता गर्दा समेत सुनुवाई नभएको उनको भनाई छ ।