५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलुङ्गे पुल हस्तान्तरण नहुँदै हेर्न आउनेको भीड



अ+ अ-

दार्चुला । जगन्नाथ गाउँपालिका–५ बाजुराका विजयकुमार बमले यहाँको दुहुँ गाउँपालिकामा निर्माण भएको बञ्जीजम्पसहितको बहुउद्देश्यीय झोलुङ्गे पुलमा चारपटक आवतजावत गरी सक्नुभयो ।

व्यापारको सिलसिलामा डेढ वर्षदेखि यहाँ रहनुभएका बम यो पुलमा आवतजावत गर्दाको मज्जा बेग्लै भएको अनुभव सुनाउनुहुन्छ । कालागाड खोलामाथि वडा नं १ पीपलचौरी खर्रा र वडा नं ५ चल्लेगाडा जोड्ने गरी कूल ३७२ मिटर लम्बाइ र १९० मिटर उचाइमा यो पुल निर्माण गरिएको छ । “लामो पुल भएका कारण चिसो हावा खान र आवतजावत गर्न निकै सहज छ”, बमले भन्नुभयो, “यो पुलको निर्माण सुरु भएदेखि अहिलेसम्म पनि यो पुलमा हिँडिरहेको छु ।”

उहाँ मात्र होइन् अहिले यो पुल हेर्न जिल्लाभित्रका मात्र नभई जिल्ला बाहिरका मान्छे पनि पुग्ने गरेका छन् । भारतका विभिन्न क्षेत्रबाट समेत यो पुल हेर्नकै लागि आउने गरेका दुहुँ वडा नं ५ का वडाध्यक्ष कृष्णसिंह लोथ्यालले बताउनुभयो ।

पुल निर्माण पूर्णरुपमा सकिएको नभए पनि यहाँ दिनहुँ पुल हेर्न आउने मान्छेको कमी छैन । सदरमुकाम खलङ्गाबाट एक घण्टा गाडीको यात्रापछि यो पुल निर्माणस्थलमा पुगिन्छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएको पुल पूरा हुन अझै केही समय लाग्ने जनाइएको छ । “पुल निकै राम्रो बनेको रहेछ”, अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष देवकी ठेकरेले भन्नुभयो, “यति लामो पुल भए पनि हल्लिदैन ।”

यस्तै पुल अपिहिमालका वडा नं २ र ३ जोड्ने गरी बनाउनसके राम्रो हुने उहाँले सुनाउनुभयो । “हाम्रोमा पनि पुल निर्माणका लागि प्रक्रिया यसअघि नै बढेको छ, अपि सेतु पुल बन्यो भने स्थानीयवासीलाई आवतजावत सहज मात्र नभई पर्यटक तान्न राम्रो हुने देखिन्छ”, उहाँले भन्नुभयो ।

दुहुँको सो पुलको लोड परीक्षण भएको छैन । बञ्जीजम्पका लागि आवश्यक पूर्वाधार अझै बनाइएको छैन । गाउँपालिकाको आर्थिक सहयोग र ट्राइल ब्रीज युनिट काठमाडौँ, हेल्बटास नेपाल तथा समाज कल्याण समाजको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । गाउँपालिकाको रु दुई करोड १७ लाख र अन्य सम्पूर्ण प्राविधिक सहयोग हेल्बटास तथा सामाज कल्याण समाजको रहेको छ ।

सम्भवतः देशकै दोस्रो लामो झोलुङ्गे पुल र जिल्लाकै पहिलो लामो झोलुङ्गे पुल निर्माण भएकाले पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । झोलुङ्गे पुल बञ्जीजम्पसहितको भएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गाउँपालिकाले गरेको छ । पुल निर्माण सम्पन्नपछि सो क्षेत्रका करिब चार हजार जनसङ्ख्या लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

भूगोलका हिसाबले सबैभन्दा सानो तर पर्यटकीय हिसाबले महत्वपूर्ण दुहुँ गाउँपालिका रहेको छ । साहसिक पर्यटक भित्र्याउन बम्जीजम्पसहितको झोलुङ्गे पुल निर्माणले यो क्षेत्रमा पर्यटक ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

महाकाली करिडोरअन्तर्गत निर्माणाधीन खलङ्गा–तिङ्कर सडकलाई स्तरोन्नति गर्नसके अझै यो ठाउँमा सहजै पर्यटक घुम्न आउने मार्मा–३ का खेमराज जोशी बताउनुहुन्छ । “ठाउँ निकै रमणीय छ, तर सडक सुधार नहुँदा आवतजावतमा निकै समस्या छ, सडकमा पूरै खाल्डाखुल्डी छन्, धुलाम्ये सडकमा आएर पनि पुल हे¥यौँ, तर यो सडकको सुधार आवश्यक छ”, उहाँले भन्नुभयो । रासस