२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको मोतिचौरमा १०८ धारा निर्माण



अ+ अ-

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित घनाजङ्गलको बीच भागमा पर्ने मोतिचौरमा १०८ धाराका निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने मौतिचौरमा दानाबासीले १०८ धारा, मठमन्दिर, स्नानगृहसहित भक्तजनलाई विश्राम गर्ने पाटीपौवा निर्माण गरेका हुन् ।

गाउँपालिकाको रु ८ लाख सहयोग तथा स्थानीयको पहलमा करिब रु २५ लाख जुटाएर १०८ पानीको मूल भएको स्थानमा १०८ धारासहित सामान्य मन्दिरलाई व्यवस्थित बनाएको उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले बताउनुभयो । मुक्तिनाथ मन्दिरको जस्तै झल्को दिने गरी भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी ल्याइ धारा बनाइएको हो ।

स्थानीयले रु २० लाखको लागतमा १०८ धारा, रु तीन लाखमा कपडा फेर्ने घर, ठाँटी भवन मर्मत तथा जस्तापाता फेर्न रु दुई लाख ७९ हजार खर्च गरेका छन् । मन्दिरलगायतका संरचना बनाउन स्थानीय समाजसेवी बेलबहादुर पुर्जा, दाना स्थायी घर भई हाल यूकेमा बसोबास गर्ने कृष्ण तुलाचन, हरिमाया राम्जाली, आनन्द पुनलगायतले आर्थिक सहयोग गर्नुभएको स्थानीय अन्नपूर्ण–३ का वडाध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।

हिउँदमा पनि पानी नसुक्ने १०८ वटै मूलबाट पानी ल्याइएकोले पनि यो धाराको विशेष महत्व रहेको छ । १०८ धारासहित निर्मित संरचनाको शनिबार एक कार्यक्रमकाबीच वडाध्यक्ष पूर्जा, समाजसेवी कृष्ण तुलाचन, कार्यपालिका सदस्य आशा गुरूङले संयुक्त उद्घाटन उद्घाटन गर्नुभएको छ ।

सोही अवसरमा वडाध्यक्ष पुर्जाले मौतिचौरको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर अगाडि बढ्ने बताउनुभयो ।

डेढवर्ष अगाडिसम्म पूजाआजा गर्न आउँदासमेत वन्यजन्तुको आक्रमणबाट त्रसित हुनुपर्ने अवस्था, एकरात काट्नसमेत चरम असुविधा रहेको अवस्थामा अहिले सयौंको सङ्ख्यामा भक्तजन आउने गरेको मन्दिरका मुख्य पूजारी टेकबहादुर थापाको भनाइ छ ।

मोतीचौरमा शिद्घबहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर रहेका छन् । सिद्धबिहार र गुफा मन्दिरमा बलि दिइन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहकारी भाकल गरिन्छ । भाकल पूरा भएपछि भक्तजनले गरेको सहयोगले समेत मन्दिरमा थप संरचना बनाउन सहज भएको व्यवस्थापन समितिको भनाइ छ ।

मौतिचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुन्छ । सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।




भर्खरै