• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनभित्र सहमतिः तत्काल मन्त्री परिवर्तन नगर्ने



file

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।

सो छलफलमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको हो ।

संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ ।