१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा जोड

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा जोड
file photo
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिनुभएको छ ।

बिमस्टेक को २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै आज उहाँले यस क्षेत्रको आर्थिक साझेदारी प्रवद्र्धन गर्न एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिनुभएको हो । प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकाङ्क्षा पूरा गर्न सङ्गठनलाई सक्षम बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्व एसियाबीचको सदियौँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्धलाई पुनर्जीवित गरेको र सदस्य राष्ट्रबीच अर्थपूर्ण सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण कदम चालेको बताउनुभएको छ । त्यस्तै, बडापत्रमा हस्ताक्षर, महत्वपूर्ण कानुनी औँजारको अवलम्बन, सहयोगका क्षेत्र र उपक्षेत्रहरूको पुनर्संरचनासहित पाँचौँ शिखर सम्मेलनले शान्ति, समृद्ध र दिगो बङ्गालको खाडी क्षेत्रका लागि सहकार्य र साझेदारीको स्पष्ट सन्देश दोहो¥याएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले यी उपकरणहरूको समयबद्ध कार्यान्वयनले पक्कै पनि बिमस्टेक प्रक्रियालाई नयाँ गति दिने बताउनुभएको छ । त्यस्तै, छुट्टै सन्देशमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेक प्रक्रियालाई पुनरुत्थान गर्न र यस वर्षलाई नयाँ सङ्कल्प, ठोस् कार्य र ठोस् नतिजासहितको महत्वपूर्ण वार्षिकोत्सव बनाउन राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले सन् २०१८ मा काठमाडौँमा भएको चौथो शिखर सम्मेलनबाट सुरु भएको संस्थागत सुदृढीकरणको पहल हालै कोलम्बोमा सम्पन्न पाँचौं शिखर सम्मेलनमा परिणत भएको बताउँदै शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । बिमस्टेकले सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई सुदृढ गर्न थप फड्को मार्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री खड्काले क्षेत्रीय प्रक्रियामा रचनात्मक योगदान गर्ने नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।