• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई हरायो, मेसी एक्लैले गरे पाँच गोल



एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले इस्टोनियाविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

स्पेनको एल साडार मैदानमा आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितका लागि सबै पाँच गोल कप्तान लियोनल मेसीले गरे । उनले आठौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४५,४७,७१ र ७६ औं मिनेटमा गोल गरे ।

यसअघि सन् २०१२ को च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाबाट जर्मन क्लब बायर लेभरकुसेनविरुद्ध मेसीले पाँच गोल गरेका थिए ।