४ भाद्र २०८३, बिहीबार
,
Latest
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट, ६४ वर्षपछि विश्वकप खेल्ने



अ+ अ-

एजेन्सी । वेल्स कतार विश्वकप २०२२ मा छनोट भएको छ । विश्वकप छनोटको फाइनल खेलमा युक्रेनलाई १–० गोलले पराजित गर्दै वेल्सले ६४ वर्षपछि विश्वकप खेल्ने भएको हो ।

वेल्सको घरेलु मैदान कार्डिफ सिटीमा आइतबार राति भएको खेलमा ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै वेल्सलाई विश्वकपको यात्रा बन्यो । वेल्सले यसअघि १९५८ मा विश्वकप खेलेको थियो ।

वेल्स विश्वकपको समूह बीमा रहेको छ । उक्त समूहमा इंग्ल्याण्ड, अमेरिका र इरान छन् ।