• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं – प्रशिक्षक टमाटा



काठमाडौं । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपबाट एशिया कप खेल्ने लक्ष्यका साथ यति बेला नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ ।

कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको छ । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गर्दै नेपाली टोली च्याम्पियसिप खेल्ने तयारीमा रहेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गर्यो । जहाँबाट १५ खेलाडी च्याम्पियनसिपका लागि योग्य हुनेछन् र अन्तिम टोली घोषणा गर्न बाँकी छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलापछि नेपाली महिला टोलीले च्याम्पियनसिपकै लागि ब्यस्त रहँदा टोलीले मुख्यत फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ । मुख्य प्रशिक्षक जगत टमाटाले पनि नेपाली टोली फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताउनु भयो । युगाण्डासँगको श्रृंखलापछिको टोलीले निरन्तर अभ्यासमा जोड दिँदा ब्याटिङमा सुधार गरेको र बोर्डमा १ सय २० रन माथि बनाउनसके जुनकुनै टोलीलाई चुनौति दिनसक्ने प्रशिक्षक टमाटाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युगाण्डासँगको श्रृंखलापछि हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौं । फिटनेस र फिल्डिङमा भएको समस्यमा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं । कभरअप गर्न प्रयास गरिरहेका छौं । साथै स्किलमा पनि काम भइरहेको छ । अहिले सम्मको अभ्यासबाट हामी सकारात्मक छौं । खेलाडीले छनोट हुने लक्ष्यका साथ मिहिनेत गरिरहेका छन् । पाँच पाँच घण्टा सधै अभ्यास गरिरहेका छौं । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्न सकेका छौं । कम्तीमा पनि १ सय २० रन भन्दा माथिको स्कोर छुन सक्यौं भने जतिसुकै बलियो टोलीविरुद्ध चुनौति दिन सक्छौं ।’

शुनिवार सार्र्वजनिक भएको टोलीमा एपिएफकी रेखा रावललाई प्रशिक्षणमा फर्काइएको छ । यस्तै गण्डकी प्रदेशबाट क्रिकेट खेल्दै आएकी मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा अटाएकी छिन् । ईश्वरी विष्ट र ममता चौधरीलाई पनि प्रशिक्षणमा बोलाइएको छ । केही साताअघि सिनियर टोलीबाट युगा(डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनिन् । मुख्य प्रशिक्षक टमाटाले हिरन्मई टेक्निकल कठिनाईका कारण टोली भन्दा बाहिर राख्नुपरेको र मलेसियामा यु–१९ टी–ट्वान्टी छनोट खेलिरहेकी मनिषालाई अवसर दिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यु–१९ को प्रतियोगिता खेलिरहेकी मनिषालाई हिरन्मईको स्थानमा ल्याईएको हो । स्पीनरको स्थानमा स्पीनरलाई अवसर दिइएको हो । हिरन्मई टोलीमा अटाउँदा टोलीमा सन्तुलन थियो, सोही कारण हिरन्मई आवश्यक खेलाडी थियो । च्याम्पियसिपमा सहभागि हुन लागेको टोलीमध्ये पनि नेपाल सम्मिलित समूहमा हङकङ बलियो टोलीको रुपमा रहेको छ । यद्यपि हामीले उत्कृष्ट खेल खेलेर छनोट हुने हो । त्यसका लागि हामीले मिहिनेत गरिरहेका छौं ।’

एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ दखि २५ सम्म मलेसियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ए मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन् ।

समूह चरणको प्रतिष्पर्धा पछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला ट्ी–२० एशियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइन बिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।