६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं – प्रशिक्षक टमाटा

फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं – प्रशिक्षक टमाटा
अ+ अ-

काठमाडौं । मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपबाट एशिया कप खेल्ने लक्ष्यका साथ यति बेला नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ ।

कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको छ । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गर्दै नेपाली टोली च्याम्पियसिप खेल्ने तयारीमा रहेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गर्यो । जहाँबाट १५ खेलाडी च्याम्पियनसिपका लागि योग्य हुनेछन् र अन्तिम टोली घोषणा गर्न बाँकी छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलापछि नेपाली महिला टोलीले च्याम्पियनसिपकै लागि ब्यस्त रहँदा टोलीले मुख्यत फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेको छ । मुख्य प्रशिक्षक जगत टमाटाले पनि नेपाली टोली फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताउनु भयो । युगाण्डासँगको श्रृंखलापछिको टोलीले निरन्तर अभ्यासमा जोड दिँदा ब्याटिङमा सुधार गरेको र बोर्डमा १ सय २० रन माथि बनाउनसके जुनकुनै टोलीलाई चुनौति दिनसक्ने प्रशिक्षक टमाटाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युगाण्डासँगको श्रृंखलापछि हामीले अभ्यासलाई निरन्तरता दिइरहेका छौं । फिटनेस र फिल्डिङमा भएको समस्यमा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं । कभरअप गर्न प्रयास गरिरहेका छौं । साथै स्किलमा पनि काम भइरहेको छ । अहिले सम्मको अभ्यासबाट हामी सकारात्मक छौं । खेलाडीले छनोट हुने लक्ष्यका साथ मिहिनेत गरिरहेका छन् । पाँच पाँच घण्टा सधै अभ्यास गरिरहेका छौं । जतिसक्दो राम्रो क्रिकेट खेलेर छनोट हुने लक्ष्य टिममा रहेको छ । यो बीचको अवधिमा हामीले ब्याटिङमा सुधार गर्न सकेका छौं । कम्तीमा पनि १ सय २० रन भन्दा माथिको स्कोर छुन सक्यौं भने जतिसुकै बलियो टोलीविरुद्ध चुनौति दिन सक्छौं ।’

शुनिवार सार्र्वजनिक भएको टोलीमा एपिएफकी रेखा रावललाई प्रशिक्षणमा फर्काइएको छ । यस्तै गण्डकी प्रदेशबाट क्रिकेट खेल्दै आएकी मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा अटाएकी छिन् । ईश्वरी विष्ट र ममता चौधरीलाई पनि प्रशिक्षणमा बोलाइएको छ । केही साताअघि सिनियर टोलीबाट युगा(डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनिन् । मुख्य प्रशिक्षक टमाटाले हिरन्मई टेक्निकल कठिनाईका कारण टोली भन्दा बाहिर राख्नुपरेको र मलेसियामा यु–१९ टी–ट्वान्टी छनोट खेलिरहेकी मनिषालाई अवसर दिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यु–१९ को प्रतियोगिता खेलिरहेकी मनिषालाई हिरन्मईको स्थानमा ल्याईएको हो । स्पीनरको स्थानमा स्पीनरलाई अवसर दिइएको हो । हिरन्मई टोलीमा अटाउँदा टोलीमा सन्तुलन थियो, सोही कारण हिरन्मई आवश्यक खेलाडी थियो । च्याम्पियसिपमा सहभागि हुन लागेको टोलीमध्ये पनि नेपाल सम्मिलित समूहमा हङकङ बलियो टोलीको रुपमा रहेको छ । यद्यपि हामीले उत्कृष्ट खेल खेलेर छनोट हुने हो । त्यसका लागि हामीले मिहिनेत गरिरहेका छौं ।’

एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ दखि २५ सम्म मलेसियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आयोजकले सहभागित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ए मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन् ।

समूह चरणको प्रतिष्पर्धा पछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला ट्ी–२० एशियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइन बिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।