• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

सुन्तला र काँक्रामा औसा कीराको प्रकोप



बलेवा । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा कीराको प्रकोप देखिएको छ । सुन्तलाका स–साना दानामा कीराको सङ्क्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्रको प्राविधिक समूहले किसानका बारीमा पुगेर सुन्तलामा औसा कीराको सङ्क्रमण सुरु भएको पहिचान गरेको हो ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ सर्कुवाका केही किसानले व्यावसायिक रुपमा सुन्तलाको उत्पादन गर्दै आएका छन् । “किसानले सुन्तला झर्ने समस्या बताउनुभएको थियो, हामीले जाँच गरेर हेर्दा औसा कीराको सङ्क्रमण भेटाएका छौँ”, कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले भन्नुभयो “तत्काल उपचार गर्न सुझाएका छौंँ, समयमा बिरुवा र दानामा उपचार गरे समस्या समाधान हुन्छ ।”

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । कृषि ज्ञान केन्द्रले आवश्यक उपचारका लागि विषादी निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

“यो समस्या जिल्लाका अन्य सुन्तला बगानमा पनि हुनसक्छ, हामी नियमित अनुगमन गछौँ”, पुनले भन्नुभयो, “सर्कुवाको सुन्तलाको समस्या सामाधानका लागि पुनः त्यहाँ प्राविधिकको समूह पुग्ने छ ।” मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ कार्यक्रमअन्र्तगत ज्ञान केन्द्रले साना किसान कृषि सहकारी संस्थासँग समन्वय गरेर सर्कुवामा एक दिने बाली उपचार शिविर सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

त्यहाँ पुगेका प्राविधिकले समस्या देखिएका बालीमा विभिन्न विधिको प्रयोग गरे जाँच तथा पहिचान गरेका थिए । सर्कुवामा किसानले लगाएको काँक्रामा पनि औसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ । मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको पुनले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको पुनले बताउनुभयो ।

“अहिले औषतमा वर्षा भइरहेकाले फौजी कीरा फैलाउन पाएको छैन्, तर ठूला बोट भएको मकैमा कीरा लागिसकेको छ”, उहाँले भन्नुभयो, “नियमित वर्षा नभए एक दुई दिनमा नै मकैको विनाश गर्छ ।” कृषि ज्ञान केन्द्रले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । गोलभेडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेका छन् ।

सर्कुवाका ३४ किसानले खेतबारीमा लगाएका नगदे, खाद्यान्न तथा फलफूलमा रोग तथा कीराको सङ्क्रमणका विषयमा प्राविधिक समूहले खोजी गरेको थियो । किसानले लगाएको बहुवर्षे केराबालीमा पनि गुबो मर्ने घुन कीराको सङ्क्रमण देखिएको ज्ञान केन्द्रले जनाएको छ । “समयमा उपचार गरे बालीमा लाग्ने रोग तथा कीराको सङ्क्रमण निदान गर्न सकिन्छ”, पुन भन्नुहुन्छ, “आफ्नो बालीमा समस्या देखिँदा नजिकैको कृषिसँग सम्बन्धित कार्यालय वा कृषि ज्ञान केन्द्रमा खबर गर्न भनिरहेका छौँ ।”