• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेकपा एसबाट सिफारिस नयाँ मन्त्रीको सपथ भोलि हुने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट सिफारिस नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराइने भएको छ ।

एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो ।

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ नाम बुझाइसकेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरुले सपथ लिनेछन् । त्यसपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई नियुक्त गर्नेछन् ।

नेकपा एसले भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेको छ । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।