• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना ★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल ★   प्रेमीसँगको झगडापछि बिना लुगा र खाली खुट्टा होटलबाट निस्किइन् ब्रिटनी ★   चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो ★   सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने ★   सरकारको आँकलन: एक वर्षको अवधिमा विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँको क्षति ★   वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबैभन्दा गहिरो खाडल ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार ★   विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ: गृहमन्त्री लामिछाने

दाङमा क्षयरोगको औषधि अभाव



तुलसीपुर । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशबाटै औषधि आपूर्ति नहुँदा यस्तो समस्या देखिएको हो । “ठूलो उमेरका मानिसका लागि औषधिको खासै समस्या देखिएको छैन, तर बच्चाहरूका लागि ‘एचजेडआर’ निकै समस्या रहेको छ”, उहाँले भन्नुभयो ।

जिल्लाका हरेक अस्पतालमा यो औषधि अभाव भएपछि औषधि माग्न प्रादेशिक अस्पतालमै पुग्ने गरेको समेत उहाँले बताउनुभयो । हाल प्रादेशिक अस्पतालमा १४ वर्ष मुनिका सात बच्चाले सो औषधि सेवन गरिरहेका छन् ।

साथै १४ वर्षदेखि माथिका डेढ सय बिरामीले क्षयरोगको औषधि सेवन गरिरहेको प्रादेशिक अस्पतालले जनाएको छ । जिल्लामा १५ दिनदेखि औषधि अभावको समस्या रहेको छ । औषधि आपूर्तिका लागि प्रदेश र केन्द्रमा पनि पहल भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ओम अर्यालले जानकारी दिनुभयो । औषधि सेवन गरिरहेका बिरामीलाई औषधि छुटाउनै नहुने भएकाले तत्काल आपूर्ति गर्ने बताउनुभयो ।