२ श्रावण २०८३, शनिबार
,
Latest
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन फरार अभियुक्त १८ वर्षपछि पक्राउ आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह लोक-संस्कृतिका सारथिद्वय अधिकारी र भैरव सांस्कृतिक समितिलाई सम्मान चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता आदित्यलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । भारतमा कोरोना भाइरसले फेरि एकपटक तिब्र गतिमा आक्रान्त पार्न थालेको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने बलिउड स्टारहरु पनि कोरोनाको चपेटामा परेका छन् ।

अक्षय कुमार र कार्तिक आर्यनपछि अब अभिनेता आदित्य रोय कपुरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्ला केही दिनयता मुम्बईमा कोरोना भाइरसको संक्रमण बढेको छ ।

जानकारी अनुसार आदित्यमा कोरोनाका सामान्य लक्षण देखिएको छ । त्यसैले उनी छिट्टै निको हुन सक्छन् । यतिबेला आदित्य आफ्नो फिल्म ‘ओमः द ब्याटल विथ इन’ को प्रमोशनमा व्यस्त छन् ।

चलचित्र चाँडै नै रिलिज हुन लागेको र यसको ट्रेलर रिलिजको तयारी पनि भइरहेको छ । तर अभिनेतामा कोरोना पोजेटिभ भएपछि फिल्मको प्रमोशन रोकिन सक्नेछ ।