२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ विमानस्थल बन्छ – अर्थमन्त्री



file
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

शनिबार वीरगंज उद्योग बाणिज्य संघको ४६ औँ साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नु भयो, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि आफू जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिबद्धता हो । शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’

अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गर्नु भयो । उहाँले ५–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताउनु भयो । मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउनु भएको थियो ।