१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन

युक्रेनमाथि आक्रमणका १०० दिनः युक्रेन अझ राम्रो बनाउँछौं

युक्रेनमाथि आक्रमणका १०० दिनः युक्रेन अझ राम्रो बनाउँछौं
अ अ+ अ-

पल ग्रोड

टोरन्टोः एक सय दिनदेखि युक्रेनमाथि रुसी बमबारी जारी रहेकै अवस्थामा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्न गाह्रो छ। अझै पनि दिनरात निर्दोष नागरिकमाथि रुसी बमबारी जारी छ । तर संकट र विपदको समयमा झैं हामीले अब के गर्ने भनेर सोचविचार गर्नै पर्छ। सबैभन्दा ठूलो कुरा, देशको पुनर्निर्माणमा सहयोग पुर्‍याउन प्रमुख पश्चिमी शक्तिहरूले केन्द्रीय भूमिका खेल्नुको विकल्प छैन।

त्यस उद्देश्यका लागि, युरोपेली आयोगले हालै युक्रेनलाई अनुदान र ऋण उपलब्ध गराउन “पुनर्निर्माण युक्रेन” कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। तर युक्रेनका लागि आवश्यक ठूलो वित्तीय आवश्यकता परिपूर्ति गर्न युरोपेली संघले नयाँ स्रोतहरू पहिचान गर्न आवश्यक छ, जसमा रूसी केन्द्रीय बैंकको विदेशमा संचित रहेको मुद्राका साथै रूसका सरकारी उद्यमहरूबाट जफत गरिएको रकम तथा रूसी धनाढ्यबाट ​​जफत गरिएका सम्पत्तिलाई पनि समावेश गर्नु पर्छ।

पुनर्निर्माण विज्ञहरूले भूकम्प वा बाढी जस्ता प्राकृतिक प्रकोपको दृष्टिबाट पुनर्निर्माण कार्यलाई हेर्नुपर्ने सुझाव दिन्छन् । हो, प्रारम्भिक चरणमा सरकारले रक्तस्राव रोक्न आवश्यक छ जस्तो कि युक्रेनले अहिले गरिरहेको छ। यसको अर्थ कब्जा गरिएको डोनबास क्षेत्र र क्रिमिया सहित सम्पूर्ण देशबाट रुसी आक्रमणकारीहरूलाई लखेट्नु र बाहिर निकाल्नु हो।

यो दिन प्रतिदिन स्पष्ट हुँदै गइरहेको छ कि युक्रेनी रक्षकहरू (चाहे स्वयंसेवी क्षेत्रीय सुरक्षा बलहरू वा सेना आफैंबाट) ले यो युद्ध जित्ने बहादुरी, संकल्प र नैतिक बल अभूतपूर्व रुपमा प्रस्तुत गरेका छन् । दुर्भाग्यवश, युक्रेनले अहिलेसम्म युद्धलाई पूर्णरुपमा आफ्नो पक्षमा पार्न पर्याप्त सैन्य सहायता वा मानवीय सहायता प्राप्त गर्न सकेको छैन। ईयूले आफ्नो पुनर्निर्माण योजना घोषणा गरेकै दिन एक हजार भन्दा बढी युक्रेनी लडाकूले आर्थिक तथा सामरिक महत्वको मारिओपोल शहरको एजोभस्टल स्टिल प्लान्टबाट आत्मसमर्पण गर्नु परेको थियो ।

रुसले फेब्रुअरी २४ मा आफ्नो क्रूर आक्रमण सुरु गरेदेखि युक्रेनले आफ्नो एक हात पछाडि बाँधेर युरोपको फ्रन्टलाइनमा यो युद्ध लडिरहेको छ। युक्रेनका धेरै सहयोगीहरूले समर्थनको ठूलो घोषणा गरेका छन्, र रूसको निन्दा गरेका छन्, तर या त पठाएका छैनन् वा युक्रेनलाई आवश्यक पर्ने हतियारहरू पुर्‍याउन अक्षम्य ढिलो गरेका छन्। युक्रेनीहरूले युरोपेली महाद्वीपको लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गरी रुसी साम्राज्यवाद विरुद्ध युद्ध लडिरहेका छन्। दुर्भाग्यवश, धेरै युरोपेली राज्यहरूले आफ्नो सुरक्षामाथि रुसबाट कुनै खतरा नभएको जस्तो व्यवहार गरिरहेका छन्।

युक्रेनीहरूले आक्रमणकारीहरूलाई परास्त गरेका राजधानी किभको उत्तरका गाउँ सहरका बासिन्दाले आफ्ना घर र आफ्नो जीवन पुनर्निर्माण गर्न थालेका छन्। तर यो काम उनीहरु एक्लैले गर्न सक्ने सम्भावना नै छैन ।

हामी युरोपेली आयोगले घोषणा गरिसकेको ४ अर्ब ४० करोड डलरको सहायताप्रति कृतज्ञ छौं । साथै, आयोगले हालै प्रस्ताव गरेको ९ अर्ब डलरको थप विस्तृत वित्तीय (म्याक्रो) प्रबन्धलाई हामी स्वागत गर्दछौं। तर यो युद्धले युक्रेनलाई दिनमा सयौं हजारौं डलरको नोक्सान गरिरहेको छ। इयूकै अनुमानका आधारमा, द्वन्द्व समाप्त भएपछि, भौतिक पूर्वाधारको मर्मत खर्च मात्र कम्तिमा १०० अर्ब युरो पुग्न सक्छ।

युक्रेन फेरि स्वतन्त्र भएसँगै यसका औद्योगिक केन्द्रहरू, बन्दरगाहहरू र शहरहरू पुनर्निर्माण गर्नुपर्ने हुन्छ । देशलाई मार्शल प्लान शैलीकै युद्धपश्चातको आर्थिक सहायताको विशेष प्याकेज जरूरी छ जसले यसको अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउन सकोस् । साथै युक्रेनीहरूका लागि रोजगारी र युरोपेली, अमेरिकी र क्यानाडाली फर्महरूको लागि युक्रेनमा लगानीका लागि वातावरण तयार गर्न सकियोस् । पक्कै हो, युक्रेनीहरूले केबल रुसीहरूले ध्वस्त गरेका संरचना मात्रै पुनर्निर्माण गर्ने छैनन् उनीहरूले अझ राम्रो निर्माणको उदाहरण प्रस्तुत गर्नेछन्।

युद्धको यस विजयले युक्रेनलाई स्वतन्त्र, आधुनिक मात्र बनाउने छैन युरोपेली दर्शन अंगीकार गर्न पनि बाटो खोल्नेछ । यो युद्ध लड्दै गर्दा युक्रेनले आफू इयू र नेटोको एक बलियो र भरपर्दो सदस्यका लागि योग्य रहेको प्रमाणित गरिरहेको छ । युक्रेनीहरूले आफ्नो देशको पुनर्निर्माण गर्दा त्यसलाई युरोपेली परियोजनाकै हैसियतमा गर्नेछन् । युक्रेनले एउटा सहिष्णु र खुला समाजको परिचय दिनेछ, जसले आफ्ना जनता र युरोपेली मूल्यहरूको रक्षा गर्न प्रतिबद्धता जनाउने छ ।

यसबाहेक, युक्रेनको पुनर्निर्माणले वातावरणीय दिगोपनको दृष्टिलाई पनि आत्मसात गर्नेछ। रूसी ईन्धनमाथिको निर्भरता समाप्त हुनेछ। युक्रेनले आफ्नो पावर ग्रिडलाई युरोपसँग जोड्न थालिसकेको छ । पुनर्निर्माणको गति बढ्दै जाँदा, नीति निर्माताहरूले देशको ऊर्जा पूर्वाधारलाई युरोपेली सञ्जालहरूसँग पूर्ण रूपमा एकीकृत गर्न, आयातमा विविधता ल्याउन र नवीकरणीय ऊर्जालाई बढावा दिन चाहन्छन्। वास्तवमा, युक्रेन ईयूको युरोपेली हरित सम्झौताको भावनामा पूर्ण रूपमा स्वच्छ ऊर्जा पावरहाउस बन्नेछ।

इयूले युक्रेनको पुनर्निर्माणमा कसरी मद्दत गर्ने भनेर सोचविचार गरिरहेको देख्नु निकै उत्साहजनक पक्ष हो। देशको लागि मार्शल योजनाको प्रतिबद्धता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई देखाउने सबैभन्दा राम्रो तरिका हुनेछ । मलाई विश्वास छ, हाम्रा युरोपेली र नेटो मित्रहरूले युक्रेनको स्वतन्त्रता र पुनप्राप्तिलाई समर्थन गर्दा विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिलाई नै फाइदा पुग्ने कुरा बुझेका छन्। रुसको साम्राज्यवादी महत्वाकांक्षालाई विफल पार्न र युक्रेनको पुनर्निर्माणका चुनौतीहरु युक्रेनी जनताले एक्लैले गर्न सक्ने कुरा होइनन् ।

पल ग्रोड युक्रेनी वर्ल्ड कंग्रेसका अध्यक्ष हुनुहुन्छ ।

कपिराइटः प्रोजेक्ट सिन्डीकेट

www.project-syndicate.org