२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ ।

नेपालले कतारको सुहिम बिन हामद स्टेडियममा ओमानविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यस अघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २(२ गोलको बराबरी र श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् ।

छनोटमा नेपाल समूह ुएु मा रहेको छ । जुन समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुनेछन् ।