२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता



अ+ अ-

रत्ननगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ ।

महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताउनुभयो ।

भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।

चितवन कृषिमा अब्बल मानिन्छ । चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानी भनेर परिचित छ । भरतपुर महानगरलाई कृषिको केन्द्रका रुपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ ।

चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको दाहालले विचार व्यक्त गर्नुभयो । भरतपुर सुन्दर, सफा, हराभरा सहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको दाहालको भनाइ छ ।

इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । इजरायल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ ।




भर्खरै