६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा: सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत



अ+ अ-

काठमाडौँ । सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट स्वीकृत सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो ।

सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते अपराह्न १ बजे बस्नेछ ।