२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

धुलिखेलमा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्थामा जानुपर्ने र पूर्ण समानुपातिक संसद हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

यस्तै, अभिभावकीय भूमिकामा भने राप्रपाले राजा रहने व्यवस्था अघि सारेको छ ।

राप्रपाले केन्द्र र बलियो स्थानीय तह भए पुग्ने भन्दै प्रदेश आवश्यक नरहेको समेत धारणा राखेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीले गरेका यी प्रस्तावलाई अब संघीय निर्वाचनमा जोडदार रूपमा उठाउने बताए । केन्द्रीय समिति बैठकबाट यी प्रस्ताव पारित गरेर अघि बढ्ने उनको भनाई छ ।

कार्यसम्पादन समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए ।

असारमा केन्द्रीय समिति बैठक बोलाउने र भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनहरूको महाधिवेशन गर्ने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।