४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गाउँ पर्यटन’ सल्लाहकारमा पत्रकार सिलवाल नियुक्त



अ+ अ-

काठमाडौँ । पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकारमा नियुक्त गरेको छ ।

पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा पहिलो पत्रकारका रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गर्नुभएको थियो । टुर–ट्रेकिङ गाइडिङमा पनि संलग्न उहाँ पदयात्रा प्रशिक्षकसमेत हुनुहुन्छ ।

लाङटाङ सद्भावना दूत सिलवालका ‘कलम’, ’लेखक दुनियाँ’ र ’श्रीलङ्का स्मृति’ कृति प्रकाशित छन् । पछिल्लो समय उहाँ प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानवजीवनलाई उज्यालो बनाउने उद्देश्यसहित सुरु गरिएको कखरा माध्यम प्रालि सञ्चालन गर्नुहुन्छ ।