४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले प्राकृतिक प्रकोपबाट बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिन सरकारकासँग आग्रह गर्नुभयो ।

गत वर्ष मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा गएको पहिराका कारण मानवीय र अर्बौको भौतिक क्षति भएको थियो । नेकपा (एकीकृत समाजवादी)का सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न अव्यवस्थितरूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सम्भावित जोखिमको आकलन गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सार्न सके मानवीय क्षति हुनबाट रोक्न सकिने उहाँको भनाइ थियो । नेकपा (एमाले)का सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युत्का तार हटाउन माग गर्नुभयो । एमालेका सांसद दीलकुमारी रावल थापा (पार्वती)ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउन सरकारसँग माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले नेपालगञ्जमा जनआन्दोलनका सहिदको शालिक भत्काउने कार्यमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । माओवादीकै सांसद हरिराम चौधरीले सातै प्रदेशबाट सवारी चालक अनुमतिपत्र दिने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।