२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ’



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका विषयमा उहाँले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभएको हो ।

“विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने व्यवस्था छ, तर सोचेअनुसार हुनसकेको छैन”, सांसद पोखरेलले भन्नुभयो, “शिक्षकलाई सवल बनाउनुपर्छ भने विद्यालय प्रविधिमैत्री बनाउनुपर्छ ।” उहाँले प्राविधिक शिक्षामा संविधानको अवधारणअनुसार सिकाउने र पाठ्यक्रममा शिक्षा मन्त्रालय मानव संशाधन मन्त्रालयका रूपमा हेरिनुपर्ने सुझावसमेत दिनुभयो ।

स्वास्थ्य र शिक्षाका कुरामा आएको बजेट राम्रो भएको तर स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो कम्पनीलाई दिने कुरा कुनै कोणबाट हेर्दा पनि सन्तोजनक हुनसकेको छैन, यसलाई पुनरावलोकन गर्न म आग्रह गर्छु ।”

सांसद जीवनराम श्रेष्ठ र सूर्यनारायण यादवले बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयन गर्न सुझाव दिनुभयो । बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ ।