२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिजोलेर भए पनि एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद: एमाले नेता ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अति धेरै गिजोलेर भए पनि एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै नेता ज्ञवालीले राजनीतिक ध्येय साँध्नका लागि ठूला योजनाहरूलाई नगिजोल्न सुझाव दिए । उनले विद्युत् परियोजनाहरूलाई नगिजोल्न पनि सरकार र सत्तारुढ दलका नेताहरूलाई आग्रह गरे ।

उनको संकेत बूढीगण्डकी जलविद्युत् परियोजनातर्फ थियो । सो परियोजना चीनलाई बनाउन दिने निर्णय उल्ट्याएर सरकार आफैँले बनाउने निर्णय गरेको छ । उनले भने, “अहिले फेरि त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । सरकार परिवर्तन भए पनि नीतिको स्थिरता र निरन्तरता हुनुपर्ने हो । नयाँ सरकार आउनेवित्तिकै यस्ता कुराहरुमा परिवर्तन हुँदैन भन्ने अनुमान गर्ने कुरा हो । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ? ”




भर्खरै