१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको हिमाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र



अ+ अ-

खलङ्गा । जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।

त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने जस्ता कामलाई प्रथामिकता राखेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने तथा सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी लागू गरिनेछ ।”

ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र गर्भवती तथा सुत्केरी महिला र गरिब तथा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रत्येक महिनाको पहिलो दिन स्वास्थ्य सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र अन्तिम दिन आधारभूत तथा माध्यमिक विद्यालयमा किशोरकिशोरीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ ।