२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथलाई भेटी अब बैंक खातामा



अ+ अ-

बलेवा । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो ।

नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सरलता र सहजता आएको बताउनुभयो । उहाँले प्रभु बैंक र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेकोे बताउनुभयो ।

प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभयो । उहाँले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

प्रायः मठमन्दिरमा चड्ने भेटिका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैंकको बुझाइ छ ।