११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७.७३ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकमा गिरावट आएको  छ । आइतवार नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३.७० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक गिरावट आएको छ । जसमा एमसीसी पास हुने अपेक्षाले जलविद्युत उपसमूहको परिसूचक बढेको छ । त्यस्तै अन्य उपसमूहको परिसूचक पनि बढेको छ । जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०९ प्रतिशत, बैंकिङ्ग ०.६९ प्रतिशत, व्यापार ०.२६ प्रतिशत, होटल तथा पर्यटन ०.०९ प्रतिशत, विकास बैंकको ०.५५ प्रतिशत, वित्तको ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.२८ प्रतिशत र लगानीको ०.१८ प्रतिशत घटेको छ ।

आइतवार सबैभन्दा बढी मूल्य बढ्ने १० कम्पनीहरु मध्ये ७ जलविद्युत कम्पनी रहेका छन् । नेशनल हाइड्रोपावरको शेयरमूल्य ४.५३ प्रतिशत बढेको छ भने सर्पोट माइक्रोफाइनान्स, युनिभर्सल पावर कम्पनीको शेयरको शेयर बढेको छ । यता हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य ४.५८ प्रतिशत र तेह्रथुम पावर कम्पनी ४.०२ प्रतिशत घटेको छ ।