२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको पहिचान हराउन खोज्दैछ: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुर्जुवा, पेटी बुर्जुवा र अवसरवादीभन्दा माओवादी फरक देखिन छाडेको बताउनुभएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आयोजित दुईदिने प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीलाई पहिचानको संकटको परेको छ । हिजोको जनयुद्ध, जनमिलिसिया, जनसरकार केही छैन । हामीमा व्यक्तिवादी र व्यक्तिगत स्वार्थमा काम गर्ने संस्कार बढ्दै गयो ।”

उहाँका अनुसार माओवादीप्रति जनताले विश्वास गरेको तर विश्वास भने टुट्दै गएको छ । उहाँले भन्नुभयो, “माओवादीलाई जनताले ठूलो पार्टी बनाउने लक्षण देखिएन । एक पटक त ठूलो पार्टी बनाएकै हो । हामी नसच्चिने हो भने आगामी दिन अप्ठारो छ । यसो हेर्दा देशको राजनीति माओवादीको हातमा रहेको जस्तो देखिन्छ, चाबी हाम्रो हातमा छ तर अवस्था त्यस्तो होइन ।”

काठमाडौँका मेयर र धरानका मेयरले माओजादीको एजेण्डा बोकेका कारण जनताले पत्याएको उहाँको भनाइ थियो । “हामीलाई सबक सिकाउन जनताले यस्तो निर्णय गरेका हुन् । उनीहरु बाहेक अन्यका स्वतन्त्र पार्टीका मान्छे हुन् ।”

स्थानीय तहमा पार्टीको भूमिका कमजोर भएको उहाँले बताउनुभयो । “सुरुदेखि नै कसरी काम गर्ने रु वैचारिक राजनीतिक लाइन के हो ? जनतामा पार्टीको पहिचान के हो ? स्पष्ट पार्नु पर्छ”, उहाँले भन्नुभयो, “दस्तावजेमा त धेरै कुरा छ तर हामीले जे भनेका छौँ त्यो गरेका छैनौँ, बुर्जुवा, पेटी बुर्जुवा वा अवसरवादीको भन्दा फरक व्यवहार देखिन छाड्यो ।”

अध्यक्ष प्रचण्डले हाल हिंसाको वातावरण नभएको स्पष्ट पार्दै आफूहरुको उद्देश्य साम्यवाद नै रहेको र त्यहीअनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हाललाई शान्तिपूर्ण माध्यमबाट कोशिस गर्ने हो, पछिको अवस्था पछि नै थाहा हुन्छ ।”

माओवादीको पुरानो बिरासत केही पनि बाँकी नरहेको उल्लेख गर्दै उहाँले माओवादीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको अनुहार हेरेर पार्टी चिन्नु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।




भर्खरै