२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु



अ+ अ-

नोम पेन । सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ ।

सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनिकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् ।

कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि लि एैलानले सुर्तिजन्य पदार्थको सेवनबाट अनावश्यक क्षेत्रमा खर्च गर्नु परेको बताउनुभयो ।

उहाँले सुर्तिजन्य पदार्थको सेवनका कारण विश्वभरि वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको पनि जानकारी दिनुभयो ।

विश्व सुर्तिजन्य पदार्थ दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा सुर्तिजन्य पदार्थको प्रयोग घटाउन चेतनामूलक कार्यक्रमहरू नै बढाउनु पर्नेमा जोड दिइएको छ।

हरेक वर्षको मे ३१ तारिखमा विश्वभरि सुर्तिजन्य पदार्थ सम्बन्धी दिवस विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।