१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटाली र अर्जेन्टिना भिड्दै



अ+ अ-

एजेन्सी । आज बुधबार राति दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच खेल हुँदैछ ।

लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ ।

यस प्रतिस्पर्धालाई ‘फाइनलसिमा’ भनिएको छ । यो तेस्रो संस्करण रहेको छ ।

डिफेन्डर जर्जियो चिलिनीको कप्तानीमा इटाली र लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना मैदानमा उत्रनेछन् । चिलिनीको यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ । उनले यस खेलबाट सन्यास लिँदैछन् ।