२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालन



अ+ अ-

मोरङ । प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

विराटनगर–१० स्थित पाँच बिघा क्षेत्रफलमा अवस्थित साविकको कोसी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला, एक्सरेलगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने जनाइएको छ ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले अस्पतालको उद्घाटन गर्दै प्रदेशका नागरिकलाई सवल र सहजरुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउन केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सरकार संवेदशील रहेको बताउँदै कोभिडका कारण स्वास्थ्य क्षेत्रमा प्रविधि र उपकरण व्यस्थापनमा प्रगति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यसको सही र उचित प्रयोग गर्नुपर्छ ।”

मन्त्री यादवले केन्द्रमा उपलब्ध जनशक्तिले नागरिकको सेवामा दत्तचित्त भएर कार्य गर्न निर्देशन दिँदै केन्द्रमा स्वास्थ्यमैत्री वातावरण बनाउन सबैले आफ्नो क्षेत्रबाट जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव अनोज भट्टचनले केन्द्रमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरिने बताउनुभयो । कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेलले केन्द्रमा विशिष्ट सेवा सहितको बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक सहितको जनशक्ति उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रका निमित्त संयोजक अनुपम राजवंशीले पाँच चिकित्सक, १८ स्टाफनर्सलगायत ५४ कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो ।




भर्खरै