१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको नयाँ सरकारमा ३० मध्ये १३ जना महिला मन्त्री, दुई जना मुस्लिम



अ+ अ-

अस्ट्रेलियामा लेबर पार्टीको नयाँ सरकारले बुधबार सपथ ग्रहण गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो मन्त्रिपरिषद्मा १३ महिला मन्त्री बनाएका छन् । कुल ३० मन्त्रीमध्ये १३ महिला मन्त्री छन् । एन्थोनी अल्बानीजले पहिलो पटक महिला मुस्लिम महिलालाई पनि मन्त्री बनाएका छन् ।

विजयको ११ दिनपछि अष्ट्रेलियाको राजधानी क्यानबेरामा गभर्नर जनरल डेभिड हर्लेले सपथ ग्रहण गराए । अल्बानीजले ट्विटरमा लेखेका छन्, “विविधतापूर्ण अष्ट्रेलियामा यो समावेशी सरकार पाउँदा हामीलाई गर्व छ। लेबर पार्टी सरकारमा सबै नयाँ सदस्यहरूलाई स्वागत छ।”

एनी अली अस्ट्रेलियाको पहिलो मुस्लिम महिला मन्त्री हुन्। उनलाई युवा मन्त्री बनाइएको छ । एड हुसिक अल्बानीज सरकारमा उद्योग मन्त्री बनेका अर्का मुस्लिम मन्त्री हुन्।

पश्चिमी सिड्नीका लेबर सांसद एड हसिकले कुरानसहित पदको सपथ ग्रहण गरे। एड हडिक अस्ट्रेलियामा पहिलो पुरुष मुस्लिम मन्त्री पनि बनेका छन् ।

अस्ट्रेलियन फेडरेशन अफ इस्लामिक काउन्सिल (एएफआईसी) का अध्यक्ष रातेब जानिदले दुवै मन्त्रीलाई पत्र लेखेर बधाई दिएका छन् । एएफआईसीका कार्यवाहक अध्यक्ष केसर ट्राउडले एसबीएसलाई यो अष्ट्रेलियाको लागि धेरै सकारात्मक कदम भएको बताए। उनले यो मन्त्रिपरिषद्ले अस्ट्रेलियाको प्रतिनिधित्व गरेको बताए । बीबीसीबाट