२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैघण्टामा चितवन पुग्ने तर कसरी आधार र स्रोत के हो ? – राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष लिङदेनले ललिपपजस्तो मानिसहरुलाई भूल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनु भयो । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गर्नु भयो ।

अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखि बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो ? भनेर टार्ने र जवाफ दिने खालको आउछ । यो हाम्रो लागि र हामी कसैको लागि पनि सुखद कुरा होईन । यो बजेटको जव हामीले कुरा गर्छौ अहिलेको बजेट इमान्दारीपूर्वक भन्नु पर्छ–कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन । देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिदै गएको छ । जुन प्रकारको मूल्यवृद्धि देखिँदै गएको छ । त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केवल निर्वाचनलक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ । यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरु के हुन ? कहीँ पनि स्पष्ट छैन । यो सदाझै बजेट अनुमान, यति आम्दानी हुन्छहोला । अनि, यति अनुदान पाईन्छ होला, यति ऋण लिईन्छ होला त्यसको आधारमा चाँही बनाइएको छ । कति राम्रो कुरा छ कि–एकैघण्टामा चितवन पुग्ने । तर त्यसका आधार के हुन, स्रोत के हुन ? यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रुपमा मानिसहरुलाई भुल्याउने गरी मात्रै ल्याइएको छ । हेटौंडा कपडा उद्योगबाट उत्पादित लुगाचाँही सबैले लगागनुपर्ने कति राम्रो कुरा जस्तो लाग्छ । आम मान्छेले सुन्दा कति राम्रो कुरा ल्यायो यो सरकारले भन्छ । उद्योग कहिले चल्ने हो, कहिले उत्पादन गर्ने हो ? उद्योग चलाउने संयन्त्र के हो र? थाहा छैन ।’

अध्यक्ष लिङदेनले सरकारले ल्याएको बजेट स्रोतको एकीन नगरी अनुमानको भरमा आएको पनि बताउनु भयो । उहाँले बजेटमा हेटाैडा कपडा उद्योग संचालन गर्ने संयन्त्रको टुंगो नलगाई त्यसको कपडा प्रयोग गर्ने हावादारी कुरा गरिएको बताउनु भयो ।