४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

निजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा

निजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा
अ+ अ-

काठमाडौँः  निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिनुभयो ।

अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ । उहाँका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र निजामती कर्मचारी अस्पतालको जस्तै विशिष्टकृत सेवा उपलब्ध गराउने छ ।

उहाँले अस्पतालले सातवटै प्रदेश तहमा नै निजामती कर्मचारी र सर्वसाधारणलाई उपचारको व्यवस्था गर्ने र त्यहाँ उपचार हुन नसकेका बिरामीको उपचार मात्र निजामती अस्पतालमा गर्ने बताउनुभयो । “काठमाडौँ आउनुनपर्ने गरी हामीले प्रदेश तहमा रहेका अस्पतालमा नै यहाँ हुने स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा रहेका छौँ”, उहाँले भन्नुभयो, “समायोजन भएर गएका कर्मचारी पनि प्रदेश तह र स्थानीय तहमा यहाँकै जस्तो उपचार पाएर खुसी हुने छन् । त्यहाँ उपचार हुन नसकेका बिरामीलाई मात्र निजामती अस्पतालमा उपचार गरिने छ ।”

प्रदेश तहकै अस्पतालले निजामति कर्मचारी अस्पतालजस्तो सेवा सुविधा उपलब्ध गराउने भएपछि कर्मचारी र सर्वसाधारणलाई काठमाडौँ आउन झन्झट हट्ने उहाँको भनाइ छ । क्यान्सर, मिर्गौलाजस्ता अतिविशिष्टकृत सेवा भने निजामती अस्पतालले उपलब्ध गराउने छ । अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले यसै वर्षदेखि सात प्रदेशमा रहेका सुविधायुक्त अस्पतालसंँग सम्झौता गरेर सेवा दिने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार अस्पतालले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशसँग छलफल अगाडि बढाइसकेको छ ।

प्रदेशस्तर निजामती कर्मचारी उपचार कार्यविधि ल्याएर अस्पतालले सातै प्रदेशका अस्पतालसंँगको समन्वयमा कर्मचारीको उपचार गर्नेछ । निर्देशक डा पौडेलले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टीकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशेषज्ञ अस्पताल बनाउन थालिएको बताउनुभयो । उहाँले अस्पताल आएका बिरामीलाई सिधै विशिष्टकृत चिकित्सकले स्वास्थ्योपचार गर्ने गरेको बताउनुभयो ।

अत्याधुनिक आइसियु

विशेषज्ञतायुक्त बनाउनका लागि अस्पतालले १६ शय्याको अत्याधुनिक सघन उपचार कक्षका ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालेको छ ।

एक शय्याबाट अर्को शय्यामा सङ्क्रमण जान नपाउने गरी उक्त ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालिएको उहाँले बताउनुभयो । एउटा अत्याधुनिक सघन उपचार कक्ष (आइसियु) बनाउनका लागि रु एक करोड खर्च हुनेछ । “सोही प्रकारको आइसियुमा उपचार गरेबापत निजी अस्पतालले एक दिनको रु एक लाख ५० हजारसम्म लिने गरेका छन्”, निर्देशक डा पौडेलले भन्नुभयो, “तर हामी बढीमा रु १० हजारमा सेवा दिन्छाँै ।”

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग रहेको रकमले उक्त आइसियु बनाउन थालिएको हो । उहाँका अनुसार छ महिनाभित्र निर्माण कार्य सकेर आइसियु सञ्चालनमा आउने छ ।

यस्तै रेडियो थेरापी सेवा पनि चाँडै नै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको छ । आगामी छ महिनाभित्र सर्वसाधारणले रेडियोथेरापी सेवा पाउने उहाँको भनाइ छ । निजामती सेवाका नायबसुब्बाभन्दा तलका कर्मचारीले ५० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीले ४० प्रतिशत उपचारमा यहाँ छुट पाउँछन् । अहिले अस्पतालमा ४० प्रतिशत निजामती र ६० प्रतिशत सर्वसाधारण उपचार गर्न आउँछन् ।

यस्तै निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल (सुपर स्पेसियालिटी केन्द्र) का रूपमा विकास समेत गरिने अस्पतालका निर्देशक डा पौडेलले बताउनुभयो । विशिष्टकृत सेवा दिनका लागि अस्पतालले एमआरआई खरिद प्रक्रियासमेत अगाडि बढाएको छ ।

सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पु¥याइने लक्ष्य लिइएको छ । सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले निजामती कर्मचारीदेखि सर्वसाधारणलाई साधारण उपचारदेखि विशेषज्ञ सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आइरहेको छ । अस्पतालमा हाल १३२ शय्या भएकामा निकट भविष्यमा चाहिँ थप २३१ शय्या थपिने छ । रासस