६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दु – विनोद चौधरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दुको रुपमा रहेको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रुपमा चित्रण गर्नुभएको हो । उहाँले बजेटले नीजि क्षेत्रलाई बिकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताउनुभयो । उहाँले मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगालिएको भन्दै यसो हुनु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो पटक अर्थमन्त्रीजीले खास गरीकन नीजि क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दुरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु मलाइ लाग्छकि यो सुधार तर्फको पहिलो महत्वपूर्ण चरण हो ।’

उहाँले स्थिरता, उत्पादनशीलता, रोजगारी वृद्धि तथा आफ्नै उत्पादन आफ्नै उपभोगको कुरा आउनु सह्रानिय भएको बताउनुभयो । वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु पनि राम्रो भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोग, वैदेशिक लगानी गर्नलाई समेत महिनौँ, वर्षौसम्म ढोका ढोका चाहार्नुपर्ने स्थितिलाई चिर्दै १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था । रोजगार, स्वरोजगारको नाममा राजनीतिक कार्यकर्तालाई पैसा बाड्नुको सट्टा प्रदेशलाई जिम्मेवार बनाइकन ति युवाको सपनालाई योजनाको रुप दिने जुन साहस यो बजेटले गरेको छ, त्यो सह्रानिय छ ।’

उहाँले प्रविधि केन्द्रीत बजेट भएको पनि बताउनुभयो । शिक्षा र पूर्वाधारको क्षेत्रमा पनि धेरै कुराहरु समेटिएको भन्दै उहाँले बजेटको प्रशंसा गर्नुभयो ।