२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दु – विनोद चौधरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दुको रुपमा रहेको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रुपमा चित्रण गर्नुभएको हो । उहाँले बजेटले नीजि क्षेत्रलाई बिकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताउनुभयो । उहाँले मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगालिएको भन्दै यसो हुनु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो पटक अर्थमन्त्रीजीले खास गरीकन नीजि क्षेत्रलाई एउटा डेभलपमेन्टको इन्जिनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दुरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु मलाइ लाग्छकि यो सुधार तर्फको पहिलो महत्वपूर्ण चरण हो ।’

उहाँले स्थिरता, उत्पादनशीलता, रोजगारी वृद्धि तथा आफ्नै उत्पादन आफ्नै उपभोगको कुरा आउनु सह्रानिय भएको बताउनुभयो । वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु पनि राम्रो भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, आफ्नै उत्पादन आफ्नै उपभोग, वैदेशिक लगानी गर्नलाई समेत महिनौँ, वर्षौसम्म ढोका ढोका चाहार्नुपर्ने स्थितिलाई चिर्दै १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था । रोजगार, स्वरोजगारको नाममा राजनीतिक कार्यकर्तालाई पैसा बाड्नुको सट्टा प्रदेशलाई जिम्मेवार बनाइकन ति युवाको सपनालाई योजनाको रुप दिने जुन साहस यो बजेटले गरेको छ, त्यो सह्रानिय छ ।’

उहाँले प्रविधि केन्द्रीत बजेट भएको पनि बताउनुभयो । शिक्षा र पूर्वाधारको क्षेत्रमा पनि धेरै कुराहरु समेटिएको भन्दै उहाँले बजेटको प्रशंसा गर्नुभयो ।