२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको मूल दिशा ठिक छ: मिनेन्द्र रिजाल



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको मूल दिशा ठिक रहेको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता रिजालले अहिलेको अवस्थामा यो भन्दा पृथक ढंगले बजेट आउन नसक्ने दावी समेत गर्नु भयो । उहाँले ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद समेत व्यक्त गर्नु भयो । पूर्वमन्त्री समेत रहनु भएका नेता रिजालले अघिल्लो वर्ष आफूले ल्याएको बजेटलाई हेरेर मात्रै आगामी आर्थिक वर्षको बजेटबारे टिप्पणी गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह समेत गर्नु भयो । कोभिडले थलिएको बेला अघिल्लो वर्ष सरकारले आर्थिक वृद्धिदर ६.५ प्रतिशत वृद्धि हुन्छ भन्दा ठिक हुने तर अहिलेको सरकारले ८ प्रतिशत वृद्धि हुन्छ भन्दा आलोचना गर्न एमालेले नमिल्ने नेता रिजालले तर्क समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘बजेटको मूल दिशा ठिक छ । बजेट यो अवस्था यो भन्दा पृथक ढंगले आउन सक्ने थिएन । जस्तो आउनेपर्ने थियो, त्यहि आएको छ । मैले अर्थमन्त्रीलाई मूलतः धन्यवाद दिनुपर्दछ । किनकी ठिक प्राथमिकतालाई समेटेर बजेट ल्याउनु भएको छ । तथापि मलाई पनि केही विषयमा टिप्पणी गर्ने मन थियो । पोहोर साल उहाँले बजेटको विवरण संसद होईन, संसद बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यसबेला अर्थमन्त्री ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नु भयो । कोभिडले थलिएको थियो मुलुक । खोप लगाउनु सुरु पनि गरिएको थिएन । आज ८ भन्दा उहाँलाई अचम्म जस्तो लाग्यो । मैले यति भन्छु–भूमिका बदलिएको छ ।’

नेता रिजालले एमालेको भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिए तर बजेटको प्राथमिकता भने नबदलिएको बताउनु भयो ।