२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये दश जनाको शव अहिले काठमाडौँ ल्याइएको छ ।

तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको जनाएको छ ।

ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ ।

तारा एयरका अनुसार संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइनेछ ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।