• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

पदभार ग्रहण गरेकै दिन बालेन्द्र साहले भेटे प्रधानसेनापति



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासंग भेटवार्ता गरेका छन् ।

मेयरको सपथ लिएर कार्यभार सम्हाले लगत्तै साहले सैनिक मुख्यालय जंगीअड्डा पुगेर भेट गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित साहलाई शपथ गराएका थिए ।

मेयर साहले महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने समेत बताएका छन् ।

उनले काठमाडौंबासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गरेका हुन् ।